बिर्तामोड / नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार चार सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १६ हजार ६५६ जनाको कोरोना परीक्षण गर्दा ३ हजार चार सय ८१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार नौ सय सात जनाको पिअिसार परीक्षण गर्दा २ हजार ६१६ र र ५ हजार सात सय ४९ जनाको एन्टीजेन परीक्षण गर्दा ६५ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा ३० जना सङ्क्रमितको मृत्यु भएको छ। देशभर ३८ हजार ३३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।






































