काठमाण्डौ  / सरकारले परीक्षामा सहभागी हुने विद्यार्थीलाई कोरोना विरुद्धको खोप दिने भएको छ । 

सत्तारुढ दल सम्वद्ध विद्यार्थी संगठनको माग बमोजिम परीक्षामा सहभागि हुने विद्यार्थीको परिचयपत्रका आधारमा खोप दिने सरकारले निर्णय गरेको हो ।

OM Sai Pathibhara Hospital

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रवेशपत्रका आधारमा विद्यार्थीलाई खोप दिने निर्णय गरेको खोप महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमले जानकारी गराएका छन् ।

विद्यार्थीले काठमाडौंका तीन स्थान वीरेन्द्र सैनिक अस्पताल, नेपाल प्रहरी अस्पताल पानीपोखरी र  शसस्त्र प्रहरी बल बलम्बुबाट खोप लगाउन पाउने गरी व्यवस्था मिलाइएको उनले बताएका छन् ।