काठमाण्डौ / कोरोना विरुद्धको खोप खरिदका एशियाली विकास बैंकले नेपाललाई करिव साँढे १९ अर्ब रुपैयाँ दिने भएको छ । खोप खरिदका लागि एशियाली विकास बैंकले  १९ अर्ब ५८ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण कर्जा दिने भएको हो ।
 

बुधवार अर्थ मन्त्रालयमा अर्थ सचिव मधुकुमार मरासिनी र एशियाली विकास बैंकका कन्ट्री डाइरेक्टर आनो कुस्वाले कर्जा सम्झौतामा हस्ताक्षर गरेका छन् । एशियाली विकास बैंकबाट प्राप्त ऋणले ६८ लाख नेपालीका लागि  १ करोड ५९ लाख डोज खोप खरिद गरिने भएको छ ।

OM Sai Pathibhara Hospital


एडीबीका कन्ट्री डाइरेक्टर कुस्वाले बैकले दिएको सहुलियत कर्जाले नेपाललाई कोरोनाको चक्र तोड्न र आर्थिक एवं सामाजिक पुनरुत्थानतर्फ अघि बढ्न सहयोग पुग्ने विश्वास गरेका छन् ।