बिर्तामोड / प्रदेश १ मा थप १ हजार ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

OM Sai Pathibhara Hospital

पछिल्लो २४ घण्टामा १ हजार ६२० जनाको पीसीआर परीक्षणगर्दा ५२८ र १ हजार ७५३ जनाको एन्टिजेन परीक्षणगर्दा ५४३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १८१, झापामा १७९, सुनसरीमा १३७, धनकुटामा १०, इलाममा ५, उदयपुर र संखुवासभामा ३, पाँचथर र भोजपुरमा २२ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको छ ।

प्रदेश १ मा आज ४५५ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २२२ महिला र २३३ पुरुष रहेका छन् । त्यसैगरी, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र ३ पुरुष रहेको मन्त्रालयले जनाएको छ ।