काठमाडौं / स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधानका लागि सम्पर्क महाशाखा तोकेको छ।

मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले नीति योजना तथा अनुगमन महाशाखामा डा गुणराज लोहनी प्रमुख रहने गरि प्रतिष्ठानको समस्या समाधानका लागि सम्पर्क माहाशाखा तोकिएको जानकारी गराएका छन् ।

OM Sai Pathibhara Hospital

आन्दोलनरत पक्षसँग भएको सहमति अनुसार डा लोहनीले प्रतिष्ठानमा भइरहेको आन्दोलन तथा छानबिन समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक गरि कार्यन्वयन गर्न जिम्मेवारी पाएका छन्।

पदाधिकारीले प्रतिष्ठानमा अनियमितता गरेको भन्दै असार १ गतेदेखि शुद्धीकरणको माग सहित चिकित्सक तथा कर्मचारी आन्दोलनमा छन्। आन्दोलनरत पक्षसँग स्वास्थ्य मन्त्रालयले साउन २० गते सहमति गरेको थियो । उक्त सहमतिमा छानबिन समितिले साउन १९ गते बुझाएको प्रतिवेदन कार्यान्वयनका लागि मन्त्रालयमा महाशाखा तोक्ने उल्लेख थियो। सोही सहमति अनुरुप मन्त्रालयले महाशाखा तोकेको हो।