काठमाडौं//बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले  प्रतिष्ठानको समस्या समाधानका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेका छन्।

सोमबार भएको छलफलमा राज्यमन्त्री श्रेष्ठले प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरी, रेक्टर डा गुरु प्रसाद खनाल, रजिष्ट्रार डा मोहन चन्द्र रेग्मी र अस्पताल निर्देशक डा गौरी शंकर शाहलाई मार्ग प्रशस्त गर्न आग्रह  गरेका हुन्।

OM Sai Pathibhara Hospital

पछिल्ला दिनमा प्रतिष्ठानमा धेरै समस्या देखिएको साथै छानबिन समितिले समेत पदाधिकारीको कार्यक्षमताका विषयमा प्रश्न उठाएको भन्दै राज्यमन्त्री श्रेष्ठले  टिप्पणी गरेका छन्।

एक हप्ताभित्र सिनेट बैठक डाक्न समेत राज्यमन्त्री श्रेष्ठले  निर्देशन दिएका छन्।उपकुलपति लगायतका पदाधिकारीलाई हटाउने विषय सहज नभएकाले  राज्यमन्त्रीले सिनेट बैठक बोलाएर आवश्यक प्रक्रिया अगाडि बढाउन चाहेको राज्यमन्त्री निकट स्रोतको भनाई रहेको छ।

यता राज्यमन्त्रीका स्वकिय सचिव कपिल ढुंगानाले भने प्रतिष्ठानका पदाधिकारीसँग  राज्यमन्त्री श्रेष्ठले वान टु वा वार्ता गरेको तर वार्तामा के कुरा भएको भन्ने जानकारी आफूसँग नरहेको बताएका छन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेल पनि स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले प्रतिष्ठानका पदाधिकारीसँग सोमबार मन्त्रालयमा छलफल गरेको तर अन्य विषयमा आफूलाई जानकारी नभएको बताएका छन्। 

प्रतिष्ठानका आन्दोलनकारीको माग चार जना नै पदाधिकारीको वहिर्गमन नै रहेको उनको दाबि छ।प्रतिष्ठानका चिकित्सक तथा कर्मचारील  प्रतिष्ठानका उपकुलपतिसहित चारै जना पदाधिकारी राजिनामा माग गर्दै असार १ गतेदेखि आन्दोलन जारी राखेका छन्।