बिर्तामोड / प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

OM Sai Pathibhara Hospital

१ हजार ७ सय ४४ जनाको पीसीआर परीक्षण गर्दा ५ सय ५४ र १ हजार ४ सय ८३ जनाको एन्टिजेन परीक्षण गर्दा ४ सय जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २ सय ५७मोरङमा १ सय ३८, सुनसरीमा ९९, इलाममा १९, धनकुटामा १८, उदयपुरमा ६, संखुवासभामा २, पाँचथर र तेह्रथुम ११  प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको छ ।

प्रदेश १ मा आज ३ सय ३८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १ सय ६१ महिला र १ सय ७७ पुरुष रहेका छन्।

त्यसैगरी, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र ३ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।