धनकुटा / बिरामीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा धनकुटाका एक चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा विराटनगरका ४८ वर्षीय डा. राज शर्मा रहेका छन् । 

धनकुटा नगरपालिका वडा नम्बर ७ स्थित सुवास मेडिकल एण्ड डाइग्नोसिस सेन्टरमा कार्यरत शर्मालाई सोमबार बिहान जिल्ला प्रहरी कार्यालय धनकुटाले पक्राउ गरेको धनकुटाका प्रहरी नायब उपरीक्षक दीपक कुमार रायले जानकारी दिए।

OM Sai Pathibhara Hospital

५३ वर्षीय पुरूषले आफूमाथि गएराति ती चिकित्सकले यौन दुर्व्यवहार गरेको भन्दै प्रहरीलाई मौखिक उजुरी दिएका थिए।

उनले राति मापसे गरेर बिरामीको उपचार गर्न जाँदा दुर्व्यवहार गरेको प्रहरीको भनाइ छ।