बिर्तामोड / प्रदेश १ मा आज थप ७ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१ हजार ५ जनाको पीसीआर परीक्षण गर्दा ३ सय १२ र १ हजार ४ सय ३४ जनाको एन्टिजेन परीक्षण गर्दा ४ सय ५३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

OM Sai Pathibhara Hospital

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा एक सय, झापामा ८८, सुनसरीमा ७८, पाँचथरमा १५, धनकुटामा १४, इलाममा १३, तेह्रथुम र उदयपुरमा दुई–दुई जनामा संक्रमण देखिएको छ । 

प्रदेश १ मा आज ४५८ जना संक्रमण मुक्त भएका छन् । संक्रमण मुक्त हुनेमा २०५ महिला र २५३ पुरुष रहेका छन् । 

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट १७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७ महिला र १० पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।