काठमाण्डौ / कोरोना विरूद्धको एस्ट्राजेनेकाको १६ लाख डोज खोपको पहिलो मात्रा काठमाण्डौ आइपुगेको छ ।

जापानले नेपाललाई दिएको खोप कतार एयरवेजको विमानबाट बिहान त्रिभुवन विमानस्थलमा आइपुगेको हो ।

OM Sai Pathibhara Hospital

१६ लाख डोज खोपमध्ये आज ४ लाख खोप आइपुगेको छ भने ४ लाख भोलि र बाँकी ८ लाख मात्रामा खोप यही महिनाभित्र आइपुग्ने खोप महाशाखाले जनाएको छ ।