काठमाडौं//कोरोना बढेपछि कोभिड संक्रमणका बिरामीलाई अस्पताल लैजान एयर लिफ्टिङको माग पुनः बढेको छ।

विभिन्न जिल्लामा कोरोनाका बिरामीको उद्धारका  लागि  हेलिकोप्टर कम्पनीहरुमा एयर लिफ्टिङ,विशेष उपकरण र चिकित्सक टोलिसहितका हेलिकोप्टर चार्टड गर्न  दैनिक दर्जनभन्दा बढी फोन आउन थालेको व्यवसायीले बताएका छन् ।

OM Sai Pathibhara Hospital

हेलिकोप्टर कम्पनीहरुले बिरामी उद्धारको शुल्क प्रति उडान घण्टा सरदर १२ सय अमेरिकी डलर देखि १५ सय अमेरिकी डलर सम्म लिने गरेका छन्।

काठमाडौंका अस्पतालमा कोभिड संक्रमितको चाप बढ्दै जान थालेसंगै देशका विभिन्न ठाउँबाट संक्रमितलाई ओसार्न हेलिकोप्टर  बुकिङको माग बढ्दै गएको कम्पनीले बताएका छन।