काठमाडौँ / कोरोना भाईरस विरुद्धको खोप लगाउनेको भिड हुन थालेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप केन्द्र थप गरेको छ ।  खोप लगाउनेको भीड हुन थालेपछि देशभरि नै पहिलेको भन्दा एक हजार ४सय३३ खोप केन्द्र थप गरिएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले बताएका छन् । 

पहिले दुई हजार ९सय८९ खोप केन्द्र भएकोमा अहिले त्यो सङ्ख्या चार हजार ४सय२२ पुर्याइएको  छ । यस्तै काठमाडौँ उपत्यकामा ८३ खोप केन्द्र थप गरि  १सय४९ पुर्याइएको छ । उपत्यकामा पहिले ६६ खोप केन्द्र थिए । 

OM Sai Pathibhara Hospital

सरकारले २०७७ माघ १४ गतेदेखि नेपालमा कोरोना भाइरसविरुद्धको खोप लगाउन शुरु गरेको हो । अहिलेसम्म नेपालमा ४४ लाख तीन हजार २१ जनाले पहिलो मात्रा र २२ लाख आठ हजार ५५ जनाले पूर्ण मात्रामा खोप लगाइसकेका छन् ।