रौतहट// रौतहटको चन्द्रपुरमा प्रहरीले मास्क खै ? अभियान थालेको छ।

सामाजीक दुरी कायम गरौ, भिडभाड नगरौं,मास्क खै ? जस्ता प्लेकार्ड बोकेर  अभियान शुरु गरेका हुन् ।

OM Sai Pathibhara Hospital

मास्क नलागाइ सार्वजनिक स्थानमा मानिसहरु हिडडुल गर्न थालेपछि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले शुक्रबार  राजमार्गमा मास्क खै ? भन्दै  मास्क नहुनेहरुलाइ बितरण समेत गरेको छ ।

बढ्दो कोरोना भाइरसलाइ मध्यनजर गर्दै   मास्क नलगाइ हिड्ने लाइ मास्क लगाउन सुझाएको  साथै भिडभाड नगर्न र स्वास्थ्य सचेतना अपनाउन आग्रह समेत गरिएको इलाका प्रहरी कार्यालय चन्द्रपुरका डिएसपी लिलाराज लामिछानेले जानकारी गराएका छन्।