बिर्तामोड / देशभर पछिल्लो २४ घण्टामा थप ३ हजार ७ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

देशभर १५ हजार जनाको नमुना परीक्षण गर्दा तीन हजार सात सय २९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । 

OM Sai Pathibhara Hospital

मन्त्रालयका अनुसार  देशभर १ हजार  ८ सय ८५ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा २५ जना सङ्क्रमितको मृत्यु भएको छ। 

देशभर ३४ हजार ९४२ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये ३१ हजार ४ सय २७ होम आइसोलेसनमा रहेका छन्। 

संस्थागत आइसोलेसनमा ३ हजार ५१५ भने ७३२ जना आइसियुमा र १५८ जनाको भेन्टिलेटरमा राखी उपचार भइरहेको छ। देशभर ३५६ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।