बिर्तामोड / प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ८ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

१ हजार एक सय ८९ जनाको पीसीआर परीक्षण गर्दा ३६५ र १ हजार ५२६ जनाको एन्टिजेन परीक्षण गर्दा चार सय ८२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

OM Sai Pathibhara Hospital

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १२४, झापामा १०३, सुनसरीमा ९१, धनकुटामा १४, पाँचथरमा १०, उदयपुरमा ६, भोजपुरमा २, इलाम र तेह्रथुममा ४–४ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको छ । 

प्रदेश १ मा आज ४६५ जना कोरोना संक्रमण मुक्त भएका छन् । संक्रमण मुक्त हुनेमा २१९ महिला र २४६ पुरुष संक्रमण मुक्त भएका हुन । 

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र ५ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।