काठमाडौँ / भारतका पछिल्लो २४ घण्टामा थप ४४ हजार ६ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो सँगै भारतमा सक्रिय सङ्क्रमितको कुल संख्या चार लाख १४ हजार एक सय ५९ रहेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

OM Sai Pathibhara Hospital

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ४१ हजार ९६ जना कोरोना भाइरसबाट सङ्क्रमण मुक्त भएका छन् । अहिले सङ्क्रमण मुक्त भएको कूल सङ्ख्या तीन करोड १० लाख १५ हजार ८४४ पुगेको छ । 

भारतमा पछिल्लो २४ घण्टामा ४ सय ६४ जना सङ्क्रमितको मृत्यु भएको छ । अहिलेसम्म सङ्क्रमणबाट मृत्यु हुनेको संख्या चार लाख २६ हजार ७ सय ५४ पुगेको छ ।