बिर्तामोड / भुटान सरकारले नेपाललाई सहयोग गरेको कोरोना विरुद्धको एस्ट्राजेनेका खोप नेपाल आइपुगेको छ ।

भुटान सरकारले नेपाललाई सहयोग गरेको कोरोना विरुद्धको तीन लाख मात्रा एस्ट्रजेनेका खोप आज नेपाल आइपुगेको हो । 

OM Sai Pathibhara Hospital

भुटानको ड्रुक एयरको कार्गो विमानबाट आज (शुक्रबार) बिहान ९ः४० बजे काठमाडौँ ल्याइएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए । 

भुटानबाट नेपालले प्राप्त गरेको एसट्राजेनेका खोप अव कोभिडशिल्ड खोपको पहिलो मात्रा लगाएर दोस्रो मात्रा लगाउन नपाएका नागरिकको प्राथमिकतामा पार्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

कोभिशिल्ड खोप पहिलो मात्रा लगाएर दोस्रो मात्रा लगाउन नपाएका १३ लाख ३८ हजार बढी नागरिक छन् ।