बिर्तामोड / प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार २०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २ हजार ११९ जनाको पीसीआर परीक्षण गर्दा ७३७ र १ हजार ४८९ जनाको एन्टिजेन परीक्षण गर्दा ४६४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ४१८, मोरङमा १७२, सुनसरीमा ८५, इलाममा २२, धनकुटामा १६, उदयपुरमा ९, भोजपुरमा ३, पाँचथर, ताप्लेजुङ, सोलुखुम्वु, संखुवासभा, तेह्रथुम र खोटाङमा ११ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको छ ।

OM Sai Pathibhara Hospital

प्रदेश १ मा आज ६३३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २९२ महिला र ३४१ पुरुष रहेका छन् ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ८ महिला र ६ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।