बिर्तामोड / देशभर आज थप ३ हजार ९ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

पछिल्लो २४ घण्टामा १८ हजार चार सय ८ जनाको नमूना परीक्षण गर्दा  ३ हजार ९ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

OM Sai Pathibhara Hospital

मन्त्रालयका अनुसार थप ३७ जना सङ्क्रमितको मृत्यु भएको  छ। यो सहित अहिले सम्म काेराेनाबाट मृत्यु हुनेको संख्या ९ हजार ९ सय ९४ पुगेको छ।

पछिल्लो २४ घण्टामा २ हजार १२ जना कोरोनाबाट मुक्त भएका छन् । हाल सम्म कोरोना सङ्क्रमणबाट निको हुनेको संख्या ६ लाख ६३ हजार ६ सय ६३  पुगेको छ।

देशभर सक्रिय सङ्क्रमितको संख्या ३४ हजार ४ सय २२ रहेको छ।