धरान / वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका एनाटोमी विभागमा कार्यरत रहेका प्राध्यापक डा.चन्द्रभुषण झाको निधन भएको छ ।

बुधबार बेलुका ६ बजे प्रतिष्ठानको सिसियु(कार्डिक केयर युनिट)मा उपचाररत अवस्थामा उनको निधन भएको प्रतिष्ठानका चिकित्सकहरुले जानकारी दिएका छन् ।

OM Sai Pathibhara Hospital

सुगरको औषधी नियमित सेवन गरिरहेका उनलाई डेढ महिना अघि हर्ट अट्याक भएको थियो । हर्ट अट्याक भएपछि तत्कालै उपचार गरिएको भएपनि स्वास्थ्यमा सुधार नहुदाँ प्रतिष्ठानको आइसियुमा राखेर करिब डेढ महिनादेखि डा.झाको उपचार हुदैँ आएको थियो ।

प्रतिष्ठानको पुर्व डिन समेत रहेका डा. झा एनाटोमी विभागका प्रमुख भएर जिम्मेवारी निर्वाह गर्दै आएका थिए ।