बिर्तामोड / पछिल्लो २४ घण्टामा देशभर थप ४ हजार १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा गरिएको १६ हजार २ सय ९८ जनाको पिसिआर एन्टीजेन परीक्षणमा ४ हजार १ सय ७ जनामा संक्रमण पुष्टि भएको हो।

OM Sai Pathibhara Hospital

स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ३५४ जनाको पिसिआर परीक्षण गर्दा २ हजार ९७५ र र ४ हजार ९४४ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार १३२ जनामा संक्रमण पुष्टि भएको हो।

त्यसैगरी, पछिल्लो २४ घण्टामा ३५ जना सङ्क्रमितको मृत्यु भएको छ।