बिर्तामोड / प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ९ सय २२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

प्रदेशका विभिन्न प्रयोगशालामा १ हजार ५ सय ६६ जनाको पीसीआर परीक्षणगर्दा ४ सय ८५ र १ हजार ६ सय ७३ जनाको एन्टिजेन परीक्षण गर्दा ४ सय ३७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

OM Sai Pathibhara Hospital

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २ सय १५, मोरङमा १ सय ३५, सुनसरीमा ९९, धनकुटामा १९, उदयपुरमा ६, पाँचथर र संखुवासभामा २,  इलाम र खोटाङमा ११ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको छ ।

प्रदेश १ मा आज थप ३ सय ६५ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १ सय ६६ महिला र १ सय ९९ पुरुष रहेका छन् ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७ महिला र ५ पुरुष रहेको मन्त्रालयले जनाएको छ ।