ताप्लेजुङ / प्रदेश १ को ओलाङचुङगोलाका सबै नागरिकले कोरोना विरुद्धको खोप लगाएका छन् ।

ताप्लेजुङको चीनसँग सीमा जोडिएको उत्तरी नाका फक्ताङलुङ गाउँपालिका –७ ओलाङचुङगोलाका सबै नागरिकले कोरोना विरुद्धको पहिलो डोज खोप लगाएका हुन् ।

OM Sai Pathibhara Hospital

प्रदेश एकमा सबै नागरिकले कोरोना विरुद्धको खोप लगाइएको ओलाङचुङगोला पहिलो गाउँ हो ।  ती मध्ये अधिकांशले दोस्रो मात्रा पनि पाइसकेका छन् । 

भेरोसेल खोपको दोस्रो मात्रा पनि १ सय ३० स्थानीय र २५ जना सुरक्षाकर्मीलाई लगाइएको वडाध्यक्ष तेन्जिङ शेर्पा भोटेले बताए । भोटेका अनुसार पहिलो मात्रा कोभिसिल्ड लगाएका ७० जनालाई मात्र दोस्रो मात्रा दिन बाँकी छ ।

उनले भने – ‘कोभिसिल्ड लगाएका बाहेकका सबै नागरिकलाई दोस्रो मात्रा पनि दिने प्रयत्न गरेका छौं, यो गाउँपालिकाका सदरमुकाम फुङलिङमा व्यवसाय गर्ने, पढ्नेहरूलाई पनि त्यहीँ केन्द्र तोकेर लगाइदिएका छौं ।’