विराटनगर//विराटनगरमा स्थानीय युवाहरूको अवरोधपछि खोप लगाउने कार्यक्रम  स्थगित भएको छ।

मंगलबारदेखि विराटनगर महानगरपालिका–८ को वडा कार्यालयमा ‘जोनसोन एण्ड जोनसोन’ खोप लगाउने कार्यक्रम शुरु भएको थियो।

OM Sai Pathibhara Hospital

अपाङ्गता भएका व्यक्तिहरूलाई खोप लगाउँदै गर्दा स्थानिय युवाहरुले अवरोध गरेपछि स्वास्थ्यकर्मीहरुले आफु असुरक्षित भएको भन्दै  स्थगित गरेका हुन्।

अवरोधपछि ३५० वटा आएको खोपमध्ये ३०० वटा खोप फिर्ता भएको छ ।

जसमध्ये ५ वटा स्थानीयको अवरोधका कारण बिग्रिएको छ भने ४५ वटा खोप लगाएको त्यहाँ खटिएका स्वास्थ्यकर्मीले जानकारी गराएका छन्। 

यसैगरी ५० वर्षभन्दा तलको उमेर समूहलाई खोप लगाइदिएको भन्दै स्थानीय युवाहरुले वडा सदस्यसहित ६ जनालाई  खोप केन्द्रमा बन्दक बनाएका थिए।

खोप कार्यक्रममा खटिएकी विराटनगर- ८ की वडा सदस्य भारती पोखरेल ,वडा कार्यालयका कर्मचारी युवा भण्डारी, लुगेन्द्र राजवंशी र चार जना स्वास्थ्यकर्मीलाइ सप्तकोशी स्कुलको कोठामा केही बेर बन्दक बनाएका हुन्। 

वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाइ बाहिर निकालेको थियो । काम गर्ने वातावरण र शान्ति सुरक्षाको ग्यारेन्टी नभएसम्म खोप नलगाउने खोप केन्द्रमा खटिएका स्वास्थ्यकर्मीले बताएका छन्।