बिर्तामोड / प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेशमा विभिन्न प्रयोगशालामा १ हजार ७ सय २१ जनाको पीसीआर परीक्षण गर्दा ५ सय १७ र १ हजार ५ सय ४८ जनाको एन्टिजेन परीक्षण गर्दा ४ सय ४६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

OM Sai Pathibhara Hospital

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २०७, मोरङमा १४२, सुनसरीमा ११७, धनकुटामा १५, उदयपुरमा १३, इलाममा ९, संखुवासभामा ४, पाँचथरमा ३, तेह्रथुममा १ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको छ ।

प्रदेश १ मा आज ४ सय १३ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १८५ महिला र २२८ पुरुष रहेका छन् ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा प्रदेश १ मा १२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६ जना महिला र ६ जना पुरुष रहेको मन्त्रालयले जनाएको छ ।