बिर्तामोड / भारतमा पछिल्लो २४ घण्टामा थप ३० हजार ५४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १६ लाख ४९ हजार २९५ जनाको कोरोना परीक्षण गर्दा ३० हजार ५४९ जनामा संक्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ । 

मन्त्रालयका अनुसार हालसम्म कोरोना सङ्क्रमितको कूल सङ्ख्या तीन करोड १७ लाख २६ हजार ५०७ पुगेको छ । भारतमा अहिले पनि सक्रिय सङ्क्रमितको सङ्ख्या चार लाख, चार हजार ९५८ रहेका छन् ।

OM Sai Pathibhara Hospital

पछिल्लो २४ घण्टाको अवधिमा कोरोना भाइरसका कारण भारतमा ४२२ जनाको मृत्यु भएको छ । कोरोना सङ्क्रमणका कारण अहिलेसम्म भारतमा चार लाख २५ हजार १९५ जनाको मृत्यु भएको मन्त्रालयका अधिकारीले जनाएका छन् ।  

पछिल्लो २४ घण्टामा भारतमा ३८ हजार ८८७ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । कोरोना भाइरसको महामारी फैलिएदेखि अहिलेसम्म तीन करोड आठ लाख ९६ हजार ३५४ जना सङ्क्रमणमुक्त भएका छन् ।