ताप्लेजुङ / ताप्लेजुङमा २ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको छ ।

ज्वरो र रुघाखोकीको लक्षण देखिएपछि सोमबार ताप्लेजुङ अस्पताल ल्याइएकी बालिकामा एन्टीजेन विधिबाट कोरोना परिक्षण गर्दा संक्रमण पुष्टि भएको हो। 

OM Sai Pathibhara Hospital

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सोनिङ लामाले परीक्षणका गर्दा उनमा कोरोना संक्रमण देखिएपछि अस्पतालकै आइसोलेसन कक्षमा राखेर उपचार भइरहेको जानकारी दिएका छन् । 

बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको लामाले जानकारी दिएका छन् ।