बिर्तामोड / आज देशभर थप ३ हजार १२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ कोरोना ।

पछिल्लो २४ घण्टामा १० हजार ६१३ पीसीआर र ३ हजार १९८ जनाको एन्टीजेन परीक्षणका क्रममा ३ हजार १२५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

OM Sai Pathibhara Hospital

यो सँगै कुल संक्रमितको संख्या ६ लाख ९९ हजार ६४९ पुगेको छ । कुल संक्रमितमध्ये ३१ हजार ६२९ जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा १ हजार ९२५ जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ६ लाख ५८ हजार १२२ पुगेको छ।

उक्त अवधिमा २३ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ८९८ पुगेको छ।