काठमाडौं / लामो समयसम्म विवादमा मुछिएका डा जागेश्वर गौतमलाई सरकारले कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर)बाट हटाएको छ ।

सोमबार स्वास्थ्य मन्त्रालयले राज्यमन्त्रिस्तरिय निर्णय गर्दै डा गौतमलाई अस्पतालको प्रमुख प्रशासकीय अधिकारीबाट हटाएको हो।

OM Sai Pathibhara Hospital

गत जेठ १० गते कोभिड युनिफाइड अस्पतालको प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त भएका डा गौतमलाई थापाथलीस्थित प्रसुती तथा स्त्री रोग अस्पतालमा सरुवा गरिएको छ ।

सरुवा भएका डा गौतमको ठाउँमा ट्रमा सेन्टरका डा.रुद्र मरासिनीलाई नियुक्त गरिएको छ ।राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत मरासिनीले चितवनको भरतपुर अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट रहदाँ अस्पतालको व्यवस्था सुधार गरेको भन्दै सम्मानित समेत भएका थिए। 

स्वास्थ्य उपकरण खरिदमा सेटिङ गरेको, कर्मचारीलाई अख्तियारमा सेटिङ छ भन्दै धम्क्याउने गरेको लगायतका विषयमा विवादित उनीमाथि अस्पतालमा कार्यरत कर्मचारीको मागका विषयमा छलफल गर्न लागेको बेला प्रहरी बोलाएर स्वास्थ्यकर्मी तथा कर्मचारी कुटाएको पनि आरोप लागेको छ ।