बिरगंज // उपचारका लागि अस्पताल पुर्‍याइएकी एक महिलालाई मृत घोषणा गरेको भएपनि ती महिला जीवितै रहेको दाबी गर्दै आफन्तले अस्पताल तोडफोड गरेका छन्। 

उपचारका लागि लिंक रोडस्थित भवानी हस्पिटल एण्ड रिसर्च सेन्टरमा पुर्याइएकी बिरगंज महानगरपालिका–२०, मनियारीकि ३८ वर्षीया रमिता देवीलाइ केही समयमा नै चिकित्सकले मृत घोषणा गरेका थिए । 

OM Sai Pathibhara Hospital

आफन्तले मृतक महिलाको शवलाई लगेर अन्तिम संस्कार गर्ने तयारी गर्दै गर्दा महिलाको मुख चलेकाले उनी जीवितै रहेको दाबी गर्दै अस्पताल तोडफोड गरेका हुन् ।

चिकित्सकहरुले उनको पुनः  जाँच गर्दा उनको मृत्यु भइसकेको अस्पतालका निर्देशक राम श्रेष्ठले बताए।

। तर, आफन्तले भने जीवित महिलालाई मृत घोषणा गरेको भन्दै स्वास्थ्यकर्मीमाथि हातपात गरि तोडफोड गरेका छन्। 

भीडलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्जसमेत गर्नुपरेको थियो । 

तोडफोड गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको प्रहरी नायब उरीक्षक ओमप्रकाश खनालले जानकारी गराएका छन्  ।