बिर्तामोड  / प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ७२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

एक हजार ३३१ जनाको पीसीआर परीक्षण गर्दा ४१२ र १ हजार ६ जनाको एन्टिजेन परीक्षण गर्दा ३१३ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

OM Sai Pathibhara Hospital

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १९३, मोरङमा ११७, सुनसरीमा ७८, इलाममा ६, पाँचथरमा ५, उदयपुरमा ३, ताप्लेजुङ, सङ्खुवासभा, ते¥हथुम, भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको छ ।

प्रदेश १ मा आज ३०९ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १६५ महिला र १४४ पुरुष रहेका छन् ।