बिर्तामोड / पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ५६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

देशभर गरिएको ८ हजार ४०२ पीसीआर र ४ हजार २३४ जनाको एन्टीजेन परीक्षणका क्रममा २ हजार ५६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

OM Sai Pathibhara Hospital

यो सँगै नेपालमा कुल सङ्क्रमितको संख्या ६ लाख ९७ हजार ३७० पुगेको छ। पछिल्लो २४ घण्टामा देशभर २ हजार २० जना संक्रमित निको भएका छन् । यो सँगै निको हुनेको संख्या ६ लाख ५६ हजार १९७ पुगेको छ। 

मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट  १८ जनाको मृत्यु भएको छ। हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ८७५ पुगेको मन्त्रालयले जनाएको छ।