गाईघाट  / उदयपुरको त्रियुगा नगरपालिका –२ खैजनपुर गाउँमा कोरोनाका कारण एकै परिवारका तिन जनाको मृत्यु भएको छ ।  

कोरोनाका कारण दुई साता अघि स्थानीय पोख्रेल परिवारका ४३ वर्षीय रमण पोख्रेलको मृत्यु भएको थियो । उनको मृत्यु भएको एक साता पछि नै उनकै भाइ ३८ वर्षीय हेमराज पोख्रेल र शुक्रबार सोही परिवारका सदस्य ३६ वर्षीय देवी पोख्रेलको मृत्यु भएको त्रियुगा नगरपालिकाले जनाएको छ  ।

OM Sai Pathibhara Hospital

खैजनपुरमा संक्रमण उच्च विन्दुमा पुगेको र पाँच दर्जन बेसी गाउँले संक्रमित भएको वडाअध्यक्ष घमानसिंह खत्रीले जानकारी गराएका छन् । उनले संक्रमण फैलिन नदिन शनिबार रातिदेखि साउन २४ गतेसम्मका लागि गाउँ सिल गरिएको बताएका छन् ।

दुई साता अघि सम्म संक्रमण घट्दो दरमा रहेको भएपनि अहिले संक्रमण दैनिक वढ्न थालेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जनाएका छन् ।

उनले संक्रमण उच्च विन्दुमा पुगेको खैजनपुर क्षेत्रमा स्वास्थ्यकर्मीको टोली नै परिचालन गरेर सबैको पिसिआरएन्टिजेन विधिबाट परीक्षणको तयारी गरिएको बताएका छन् ।