बिर्तामोड / पछिल्लो २४ घण्टामा ३ हजार १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ९ हजार २६३ पीसीआर र ४ हजार २५६ जनाको एन्टीजेन परीक्षणका क्रममा ३ हजार १०६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

OM Sai Pathibhara Hospital

यो सँगै कुल संक्रमितको संख्या ६ लाख ९५ हजार ३८९ पुगेको छ। गत २४ घण्टामा १ हजार ९१६ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ६ लाख ५४ हजार १७७ पुगेको छ। 

त्यसैगरी, पछिल्लो २४ घण्टाको अवधिमा २३ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ८५७ पुगेको छ।