धरान / धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथिति र भ्रष्टाचार विरुद्ध ४६ दिनदेखि आन्दोलनरत चिकित्सक, विद्यार्थी र कर्मचारीहरूले स्वास्थ्य सेवा ठप्प पारेर आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।

४६ दिन सम्म आन्दोलन गर्दापनि सरकारले वेवास्ता गरेको भन्दै आन्दोलनकारीले तत्कालै स्वास्थ्य सेवा बन्द गरि आन्दोलन चर्काउने चेतावनी दिएका हुन् । 

OM Sai Pathibhara Hospital

आन्दोलनकारीले सरकारलाई आफ्ना माग पूरा गर्न ७२ घन्टे अल्टिमेटम दिने र समय अवधिभित्र माग पूरा नभए कोरोना संक्रमित बिरामीहरूको उपचार बाहेकका सेवा ठप्प पार्ने तयारी गरिएको बताएका छन् । 

संयुक्त संघर्ष समितिका सह संयोजक डा. विष्णु पोखरेलले भने – ‘हाम्रो आन्दोलनलाई राज्यले देखेको नदेख्यै गर्यो । अब यही साताभित्र आन्दोलन गर्ने तयारीमा छौँ ।’

आन्दोलनकारीले उपकुलपति सहित प्रतिष्ठानका चारै जना पदाधिकारीको पदमुक्ति, बीपी प्रतिष्ठान भित्रको अनियमितता छानविन र प्रतिष्ठानको पदाधिकारी नियुक्तिमा दलीय हस्तक्षेप रोक्न माग गर्दै आएका छन् ।

यसबीचमा प्रधानमन्त्री कार्यालयका सचिव बैकुण्ठ अर्याल नेतृत्वको छानबिन समिति धरान आएर सर्वपक्षीय छलफल गरेर फर्केको थियो । समितिले तयार पारेको प्रतिवदेन अझै सार्वजनिक भएको भने छैन ।