सुर्खेत / कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले सबै नागरिकलाई कोरोना विरुद्धको खोप लगाइने बताएका छन् ।

संवाद समूहले आयोजना गरेको कर्णालीमा कोरोनाको अवस्था र तयारीविषयक अन्तक्र्रियामा सबै नागरिकलाई खोपको व्यवस्था प्रदेश सरकारले गर्ने उनले जानकारी दिएका छन् ।

OM Sai Pathibhara Hospital

औषधि र जनशक्तिको अभावमा नागरिक सेवा लिनबाट वञ्चित हुन नपरोस् भन्दै  मन्त्री बुढाक्षेत्रीले नागरिकलाई बचाउनु नै सरकारको पहिलो कर्तव्य भएकाले आफूहरूको ध्यान यसतर्फ केन्द्रित भएको र विभिन्न नाकामा हेल्प डेक्ससहित आवश्यक जनशक्तिको व्यवस्था पनि गरिसकेको बताएका छन् ।

कोरोना महामारीको तेस्रो भेरियन्टबाट बच्न आवश्यक जनशक्ति र उपकरणको व्यवस्थापनमा प्रदेश सरकार निरन्तर लागिरहेको छउनको भनाइ थियो ।