सुर्खेत / कर्णाली प्रदेशमा कोरुनाविरूद्धको अर्को खोप लगाउन आजदेखि सुरु भएको छ । संघबाट कर्णाली प्रदेशका लागि खोप पठाएपछि आजदेखि लगाउन सुरु गरिएको हो।

अहिले कर्णाली प्रदेशका लागि सरकारले ७६ हजार ३२० डोज कोरुनाविरूद्धको खोप पठाएको छ। जसमा ५९ हजार डोज भेरोसेल छ भने १७ हजार ३२० डोज जोन्सन एण्ड जोन्सन खोप रहेको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले जनाएको छ।

OM Sai Pathibhara Hospital

कर्णाली प्रदेशको अभियानअन्तर्गत आज सुर्खेत जिल्लामा मात्र खोप लगाउन सुरु गरिएको छ। बाँकी जिल्लामा एक / दुई दिनभित्र खोप कार्यक्रम सुरु हुने स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका सूचना अधिकारी नोदनारायण चौधरीले बताए।