विराटनगर / प्रदेश १ सरकारले कोभिड १९ विरुद्धको खोप वितरण
शुरु गरेको छ । १४ वटै जिल्लामा शनिबार देखि खोप वितरण शुरु गरिएको प्रदेश
स्वास्थ्य आपुर्ती व्यवस्थापन केन्द्र विराटनगरले जानकारी दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट शुक्रबार प्राप्त भएको खोपहरु वितरण शुरु गरिएको आपुर्ती व्यवस्थापन केन्द्रका प्रमुख शम्भु शाहले जानकारी दिएका छन् । आज सम्म सुनसरी, उदयपुर, झापा, इलाम र पाँचथरका जिल्लाहरुमा भेरोसेल खोप पठाईएको उनले बताएका छन् । उनका अनुसार भोली सम्ममा प्रदेश १ का सवै जिल्लाहरुमा खोप वितरण भईसक्ने छ ।
प्रदेश १ मा १ लाख ६९ हजार डोज भेरोसेल खोप र ४८ हजार भायल
( २ लाख ४० हजार डोज) जोनसन एण्ड जोनसन खोप आएको आपुर्ती व्यवस्थापन केन्द्रका
प्रमुख शम्भु शाहले जानकारी दिएका छन् । उनका अनुसार भेरोसेल खोप लगाईसकेपछि मात्र
जोनसन खोप वितरण शुरु हुने छ ।
भेरोसेल खोप ५४ वर्षमाथि र जोनसन एण्ड जोनसन खोप ५०
वर्षमाथिका व्यक्तिहरुलाई लगाईने प्रदेश सरकारको तयारी छ ।