बिर्तामोड / साउन १२ गते वाट झापामा कोरोना विरुद्धको भेरोसेल खोप लगाइने भएको छ । जिल्ला कोभिड व्यवस्थापन समिति डिसिएमसिको आज वसेको वैठकले कोभिड विरुद्धको पहिलो मात्रा खोप लगाउन वाकी ५५ वर्ष र सो भन्दा माथि उमेर समुहका सवै नागरिकलाइ खोप लगाउने निर्णय गरेको हो । 

साउन १२ र १३ गते लक्षित उमेर समुहलाइ र त्यस पछि साउन १५ गते सम्म शिक्षक , कर्मचारी, प्राध्यपक, सार्वजनिक यातायातका चालक, अत्यावश्यक सेवामा कार्यरत व्यक्तिहरु, विदेश जान भिषा लागेका नागरिकहरुलाइ खोप लगाउने जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिीनाको अध्यक्षतामा वसेको वैठकले निर्णय गरेको छ ।

OM Sai Pathibhara Hospital

त्यसै गरी पेटेलियम व्यवसायमा संलग्न फ्रन्टलाइनमा कार्यरत कामदार ,भन्सार एजेन्ट, छुटेका सुरक्षाकर्मि, उध्योग वाणिज्य संघ र निर्माण व्यवसायी संघका पदाधिकारी , रेडक्रसकर्मि तथा वैकिड सेवाको क्यास काउन्टरमा काम गर्ने कर्मचारीहरुलाइ खोप लगाइने छ ।

यी खोपहरु जिल्ला स्थित सम्पूर्ण सरकारी अस्पतालहरु, प्राथमिक स्वास्थ्य केन्द्र,स्वास्थ्य चौकी र पालिकाले तोकेको स्थानहरु वाट दिइने पनि निर्णय भएको जिल्ला प्रसाशन कार्यालय झापाले जनाएको छ ।