बिर्तामोड / प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६ सय ७३ जनामा कोरोना संक्रमण पुष्टी भएको । १ हजार ५८५ जनाको पीसीआर परीक्षणमा ४५७ र ७६७ जनाको एन्टिजेन परीक्षणमा २१६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १७४, मोरङमा १५९, सुनसरीमा ८५, इलाम र उदयपुरमा ६, संखुवासभा र तेह्रथुम ४, धनकुटामा ३, खोटाङमा २, ताप्लेजुङ, पाँचथर, भोजपुरमा ११ र प्रदेश १ बाहिरका ११ जनामा संक्रमण देखिएको छ ।

OM Sai Pathibhara Hospital

प्रदेश १ मा आज ३५२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २०६ महिला र १४६ पुरुष संक्रमणमुक्त भएका हुन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५ महिला र ४ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।