बिर्तामोड / पछिल्लो २४ घण्टामा २ हजार २३७ जनामा कोरोना संक्रमण
पुष्टी भएको छ । देशभर गरिएको १० हजार ५६९ पीसीआर र ३ हजार २६५ जनाको एन्टीजेन
परीक्षणका क्रममा २ हजार २३७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या
मन्त्रालयले जनाएको छ।
यो सँगै कुल संक्रमितको संख्या ६ लाख ८० हजार ५५६ पुगेको छ।
गत २४ घण्टामा २ हजार ५० जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको
संख्या ६ लाख ४३ हजार ६१५ पुगेको छ।
उक्त अवधिमा १८ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले
जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ७१३ पुगेको छ।