बिर्तामोड / कोरोना भाइरसको जोखिम नियन्त्रणका लागि झापाको बिर्तामोड नगरमा बुधबार रातिदेखि ‘लक-डाउन’ गरिने भएको छ।

नगर प्रमुख ध्रुब कुमार शिवाकोटीको अध्यक्षतामा आईतबार बसेको सर्वदलीय तथा सिसिएमसीको पूर्ण बैठकले ७ दिन अवधिका लागि आवातजावतमा पूर्ण रोक लगाउने गरी ‘लक-डाउन’ गर्ने निर्णय भएको हो ।

OM Sai Pathibhara Hospital

साउन १३ गते अर्थात बुधबार राति १२ बजेदेखि १९ गते राति १२ बजेसम्म हाइवे बाहेकका सबै सडकमा आवत जावत रोक्ने निर्णय गरिएको नगर प्रमुख शिवाकोटीले बताएका छन् । नगर स्तरीय कोरोना रोकथाम तथा समन्वय समितिले गरेको निर्णय जिल्ला प्रशासन कार्यालय झापामा सिफारिस हुने र निषेधाज्ञा प्रमुख जिल्ला अधिकारीले लागू गर्नेछन् ।

नगर तथा वडा कार्यालयका अत्यावश्यक काम बाहेक सबै बन्द हुने छन् । नगर प्रमुख शिवाकोटीले सात दिनका लागि निर्माण आयोजना पनि बन्द गर्ने निर्णय भएको जानकारी दिएका छन् । औषधि पसल बाहेक सबै पसल व्यवसाय अर्को सूचना नआउँदासम्म पूर्णरूपमा बन्द गर्ने निर्णय भएको छ ।

नगरमा खाद्यान्न, ग्यास, तेल, फलफूल पसल, विद्यालय पनि बन्द हुनेछन् । लक डाउन अवधिभर दुध डेरी, सागसब्जी समेत बन्द हुने छन् । नगरमा सञ्चालनमा रहेका बैंक तथा बितिय संस्थाहरुपनि बन्द रहनेछन् ।