बिर्तामोड / एक जना गरी लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत पाँच जना संक्रमितको १८ घण्टाको अवधिमा मृत्यु भएको छ । असार २३ गतेदेखि साउन ४ गतेसम्म विभिन्न मितिमा कोरोना संक्रमण पुष्टि भएर भर्ना भएका रुपन्देही र गुल्मीका २/२ जना र प्यूठानका एक जना गरी पाँच जना संक्रमितको मृत्यु भएको हो । 

रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ की ३२ वर्षीया महिला, बुटवल उपमहानगरपालिका–७ का ४४ वर्षीय पुरुष, गुल्मीको चन्द्रकोट–५ का ५६ वर्षका पुरुष, गुल्मी इस्मा–५ का ७१ वर्षीय पुरुष र प्यूठानको सरुमारानी–२ की ६३ वर्षीय महिलाको उपचारको क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमले बताएका छन् ।  

OM Sai Pathibhara Hospital

शनिबार साढे एक बजेदेखि आइतबार बिहान सवा ६ बजेको अवधिमा उनीहरुको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।