बिर्तामोड / पछिल्लो २४ घण्टामा ३ हजार ११४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। देशभर गरिएको १० हजार ६३५ पीसीआर र ४ हजार २८५ जनाको एन्टीजेन परीक्षणका क्रममा ३ हजार ११४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो सँगै कुल संक्रमितको संख्या ६ लाख ७९ हजार १७ पुगेको छ। गत २४ घण्टामा २ हजार १९७ संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ६ लाख ४१ हजार ५६५ पुगेको छ।

OM Sai Pathibhara Hospital

उक्त अवधिमा १६ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ६९५ पुगेको छ।