काठमाडौं /  चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीले ५ बुँदे माग अगाडि सारेका छन्। डा केसीले प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष चिकित्सा शिक्षा सुधारसँग सम्बन्धित ५ बुँदे माग अगाडि सारेका हुन्। 

केसीले सोमबार पत्रकार सम्मेलन गरी सरकार परिवर्तन भएपछि आफ्ना मागबारे जानकारी दिन र मेडिकल माफियालाई खबरदारी गर्न आवश्यक भएको बताएका छन् । उनले भने, ‘सरकार परिवर्तन भयो। नयाँ सरकार आयो। हामी सुतेर बसेको ठान्छन् भनेर मेडिकल माफियाविरुद्ध खबरदारी गर्न आवश्यक छ ।

OM Sai Pathibhara Hospital

उनले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भइरहेको आन्दोलनका सबै मागहरु पूरा गनुपर्ने भनेर आफ्ना ५ बुँदे मागको पहिलो नम्बरमा राखेका छन् ।  भ्रष्टाचार प्रमाणीत भएका पदाधिकारीलाई तत्काल पदमुक्त गर्न, राजनीतिक भागबण्डाका आधारमा नभइ योग्यता र क्षमताका आधारमा पदाधिकारी नियुक्त गर्न उनको माग छ।

चिकित्सा शिक्षा आयोगका पदाधिकारीहरुलाई धम्क्याउने, हस्तक्षेप गर्न खोज्ने व्यक्तिलाई कानुन अनुसार कारबाही गर्नुपर्ने, २०८५ सालदेखि मेडिकल शिक्षा गैरनाफामूलक हुने भनेर चिकित्सा शिक्षा ऐनमा किटानी भएकाले ती नीति कार्यान्वयनको तयारी तत्काल गर्नुपर्ने, आफूसँग विगतमा भएका सम्झौताहरु कार्यान्वयन गर्नुपर्ने विषयलाई पनि डा केसीले अघि सारेका छन्।

आफ्ना मागहरु पूरा नभए सत्याग्रहसहित आन्दोलनका कार्यक्रमहरु ल्याउन बाध्य हुने डा केसीको चेतावनी छ।

सरकारसँग पटकपटक भएका सम्झौताहरु अहिले पनि कार्यान्वयन भएको छैन। हामीले अहिले अघि सारेका यी मागहरु पूरा नभए पुनः सत्याग्रह सहितको आन्दोलनका कार्यक्रम ल्याउन बाध्य हुनेछौँ,’ उनले भने।