विराटनगर / प्रदेश १ मा आज ३६६ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश १ मा आज १ हजार ४८६ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १६७ महिला र १९९ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

सुनसरीमा १३८, झापामा १२२, मोरङमा ८१, धनकुटामा ९, इलाममा ६, उदयपुरमा २, संखुवासभा, भोजपुर र उदयपुरमा ११ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

OM Sai Pathibhara Hospital

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७८ हजार ५५५ पुगेको छ । संक्रमित भएका मध्ये ७१ हजार ४२६ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ५ हजार ६६१ रहेको छ ।