काठमाडौं / पछिल्लो २४ घण्टामा देशभर दुई हजार ४४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको ११ हजार ६६४ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा दुई हजार ४४५ जनामा संक्रमण पुष्टि भएको हो।

OM Sai Pathibhara Hospital

स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार ८३३ जना पिअिसार परीक्षण गर्दा एक हजार ६४२ र ३ हजार ८३१ जनाको एन्टीजेन परीक्षण गर्दा ८०३ जनामा संक्रमण पुष्टि भएको हो।

हालसम्म पिसिआर र एन्जीजेन परीक्षण गर्दा ७ लाख १८ हजार ४९४ जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये ६ लाख ३३ हजार ३३२ जना संक्रमित निको भइसकेका छन्।

आज देशभर एक हजार २५८ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा ३२ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ९ हजार ५८२ जना संक्रमितको मृत्यु भइसकेको छ।