सुनसरी / धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानको समस्या समाधान गर्न गठित उच्चस्तरीय कार्यदलले छानबिन  सुरु गरेको छ । प्रधानमन्त्री कार्यालयका सचिव डा. बैकुण्ठ अर्यालको संयोजकत्वमा गठित आठ सदस्यीय टोली प्रतिष्ठानमा छानबिन थालेको हो।

टोलीले सुरुमा प्रतिष्ठान सुधारको माग राख्दै ३५ दिनदेखि आन्दोलनरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई भेटेको छ ।

OM Sai Pathibhara Hospital

टोलीले प्रतिष्ठानमा भएको अनियमितता, प्रतिष्ठानका पदाधिकारीको कार्यशैलीको विषयमा पनि छानबिन गर्ने संयोजक अर्यालले बताएका छन् । प्रतिष्ठानमा भएको सबै अनुसन्धान र छानविन सकेर प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउने उनले बताएका छन् ।

वीपी प्रतिष्ठानमा अनियमिता बढेको र उपकुलपति ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष डा.गुरु खनाल, रजिस्ट्रार डा. मोहनचन्द्र रेग्मी र निर्देशक डा. गौरीशंकर साहले प्रतिष्ठान सहि ढङ्गले सञ्चालन गर्न नसकेको भन्दै आन्दोलन थालेका चिकित्सक र कर्मचारीले चारै जनाको बर्खास्तको माग गरेका छन् ।

आन्दोलनरत पक्षले साउन देखि काम नै प्रभावित पार्ने चेतावनी दिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिष्ठानको समस्या समाधानका लागि कार्यदल गठन गरेका थिए । कार्यदलको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाउने छ ।