विराटनगर / आज प्रदेश १ मा थप २ सय ५२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । ९ सय ७२ जनाको पीसीआर परीक्षण गर्दा ११४ महिला र १३८ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।

OM Sai Pathibhara Hospital

मन्त्रालयका अनुसार झापामा ८७, मोरङमा ६७, सुनसरीमा ६४, धनकुटामा ७, इलाम, तेह्रथुम र उदयपुरमा ४/, पाँचथर र भोजपुरमा १/१ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रदेश -१ मा आज ३०८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १६९ महिला र १३९ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७१ हजार १६१ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७८ हजार १८९ पुगेको छ । सक्रिय संक्रमितको संख्या ५ हजार ५७२ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।