काठमाडौं / पछिल्लो २४ घण्टामा देशभर एक हजार ८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ९ हजार ६२८ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ८०१ जनामा संक्रमण पुष्टि भएको हो।

OM Sai Pathibhara Hospital

स्वास्थ्य मन्त्रालयका अनुसार ६ हजार ६२८ जना पिअिसार परीक्षण गर्दा एक हजार २२३ र ३ हजार जनाको एन्टीजेन परीक्षण गर्दा ५७८ जनामा संक्रमण पुष्टि भएको हो।

हालसम्म पिसिआर र एन्जीजेन परीक्षण गर्दा ७ लाख १६ हजार ४९ जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये ६ लाख ३२ हजार ७४ जना संक्रमित निको भइसकेका छन्।

आज देशभर एक हजार ६६७ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा २३ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ९ हजार ५५० जना संक्रमितको मृत्यु भइसकेको छ।